-बैशाख २५ ,धर्म अभ्यास गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो । श्रद्धा र निष्ठा सहित, लगनशीलता (वीर्य), उत्साह
(छन्द) र रुचि (मनसिकार) का साथ, र कुनै शंका वा मिथ्या दृष्टि बिना अभ्यास गर्न सक्नु ज्यादै
कल्याण र सौभाग्यको कुरा हो । भविष्यमा तपाईंको परिस्थिति प्रतिकूल हुन्छ भने पनि निराश
उदास वा दुःखी नहुनुहोस् । तपाईं अझै पनि धेरै सौभाग्यशाली हुनुहुन्छ । र जब अनुकूल अवस्था
आउँछ, त्यो अवसरलाई खेर फाल्नु हुँदैन, बरु त्यसलाई उपयोग गर्दै अभ्यासमा लाग्नुपर्छ ।
( एन ओसन अफ अल्टिमेट मिनिङ्, पृष्ठ १७९ बाट)