
काठमाडौँ। क्रोएसियाले विश्वकपमा जित दर्ता गराएको छ ।
पानामाविरुद्धको खेलमा क्रोएसिया १-० ले विजयी भएको हो ।
खेलको पहिलो हाफसम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५३ औँ मिनेटमा एन्ते बुदिमिरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोसिप स्टानिकको पासलाई उनले गोलमा परिणत गरेका थिए ।
जितसँगै क्रोएसियाले तालिकामा तीन अंक जोडेको छ ।यसअघिको खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४-२ ले पराजित भएको थियो ।
विश्वकपमा पानामाको यो दोस्रो हार हो । यसअघिको खेलमा पानामा घानासँग १-० ले पराजित भएको छ ।