
काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
समूह ‘एल’को खेलमा अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।