काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न समिति गठन गरेका छन् ।
तीन सदस्यीय उक्त समितिले सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको,शल्यक्रिया गर्नको लागि बर्षाैं पालो पर्खनुपर्ने अबस्था रहकोले तिनको कारण पत्ता लगाइ समस्या समाधान गर्न अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा डा.मदनकुमार उपाध्याय र वरिष्ठ प्रशासक डा.गुणनिधि शर्मा सदस्य सचिव रहेको समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।