
बैशाख २२,
सामान्यतया सबै अभ्यासका लागि श्रद्धा र निष्ठा महत्त्वपूर्ण हुन्छन् । ध्यान अभ्यासका लागि त ती अत्यावश्यक हुन्छन् । भनिन्छ, निष्ठा नै वास्तवमा चित्तलाई चिन्ने मार्गको साँचो हो । श्रद्धा र निष्ठाको माध्यमबाट मानिसले चित्तको मूलस्वरूपलाई जान्ने ढोका खोल्न सक्छ । त्यसैले ध्यानमा श्रद्धा, निष्ठा र अधिष्ठानको भाव छ भन्ने सुनिश्चित गर्नु जरूरी छ ।
( द मिडल-वे मेडिटेशन इन्स्ट्रक्सन्स, पृष्ठ ९७ बाट)








