
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा पनि प्रदर्शन गरेको छ।
सहकारी ठगी र संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका आफ्ना पार्टी सभापति रवि लामिछानेको पक्षमा रास्वपा कार्यकर्ताहरूले शनिबार दिउँसो चितवनको नारायणगढमा प्रदर्शन गरेको हो।
उनीहरूले नारायणघाटको पुल्चोकमा दिउँसो आधा घन्टा राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका हुन्।
राजमार्ग ठप्प हुँदा राजमार्ग हुँदै चल्ने सवारी साधनहरू रोकिएका थिए।



