काठमाडौँ । इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् ।
यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो आक्रामक गतिविधि जारी राखेमा पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएको छ ।
इजरायलले बेरुत र इरानका विभिन्न क्षेत्रमा गरेको आक्रमणले अमेरिका–इरानबीच कायम युद्धविरामलाई जोखिममा पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् ।
अनलाइन समाचार माध्यम ‘एक्सिओस्’ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले आइतबार साँझ नेतन्याहूसँग टेलिफोन वार्ता गर्दै संयम अपनाउन आग्रह गरेका थिए ।
ट्रम्पले एक्सिओससँगको अन्तर्वार्तामा भने, “मैले भनेँ, ‘बीबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै नै एक्लो हुनुहुनेछ ।”
उनले इरानसँग सम्भावित सम्झौताको प्रयास जारी रहेको उल्लेख गर्दै थप आक्रमणहरू अनावश्यक हुन सक्ने बताएका थिए । निरन्तर तनावले इजरायललाई अमेरिकी समर्थन कमजोर हुने अवस्थामा पुर्याउन सक्ने चेतावनी पनि दिएका थिए ।
काठमाडौं । इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् । यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो आक्रामक गतिविधि जारी राखेमा पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएको छ ।
इजरायलले बेरुत र इरानका विभिन्न क्षेत्रमा गरेको आक्रमणले अमेरिका–इरानबीच कायम युद्धविरामलाई जोखिममा पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् ।
अनलाइन समाचार माध्यम ‘एक्सिओस्’ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले आइतबार साँझ नेतन्याहूसँग टेलिफोन वार्ता गर्दै संयम अपनाउन आग्रह गरेका थिए ।
ट्रम्पले एक्सिओससँगको अन्तर्वार्तामा भने, “मैले भनेँ, ‘बीबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै नै एक्लो हुनुहुनेछ ।”
उनले इरानसँग सम्भावित सम्झौताको प्रयास जारी रहेको उल्लेख गर्दै थप आक्रमणहरू अनावश्यक हुन सक्ने बताएका थिए । निरन्तर तनावले इजरायललाई अमेरिकी समर्थन कमजोर हुने अवस्थामा पुर्याउन सक्ने चेतावनी पनि दिएका थिए ।तर, नेतन्याहूले इरानी आक्रमणको जवाफ नदिँदा इजरायलको प्रतिरोध क्षमता कमजोर देखिने र गलत सन्देश जाने तर्क गरेका थिए ।
दुई नेताबीचको वार्ता इजरायलले आक्रमण रोक्ने कुनै स्पष्ट प्रतिबद्धता नजनाई समाप्त भएको थियो । त्यसपछि इजरायली अधिकारीहरूले अमेरिकालाई आफूहरू थप सैन्य कारबाहीका लागि तयार रहेको जानकारी दिएका थिए ।
इजरायलले इरानको पेट्रोकेमिकल पूर्वाधारका केही हिस्सा तथा तेहरान आसपासका स्थानहरूलाई निशाना बनाएको थियो । त्यसको जवाफमा इरानले पनि मिसाइल प्रहार गरेको बताइएको छ ।
अमेरिकी रक्षा अधिकारीहरूका अनुसार अमेरिकी सेना प्रत्यक्ष आक्रमणमा सहभागी नभए पनि इजरायलतर्फ आएका मिसाइलहरू रोक्न सहयोग गरिरहेको थियो ।
ट्रम्पले त्यस क्षेत्रका विभिन्न देशका नेताहरूले समेत इजरायललाई तनाव नबढाउन दबाब दिन आग्रह गरेको बताए ।