बलिउड अभिनेता तथा कमेडियन सतीश शाहको ७४ वर्षको उमेरमा नि’धन भएको छ।
उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए र हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।
मिर्गौला प्रत्यारोपणपछि उनी पूर्ण रूपमा निको भएर डेढ महिनाअघि फर्किएका थिए। अचानक शनिबार खाना खाएपछि उनी ढलेका थिए।
शाह ‘साराभाई भर्सेस साराभाई’ र ‘जाने भी दो यारो’ जस्ता टिभी शोबाट निकै चर्चित भएका थिए। उनले ‘मै हुँ ना’, ‘कल हो ना हो’, ‘फना’ र ‘ओम शान्ति ओम’ जस्ता धेरै सफल फिल्महरूमा पनि अभिनय गरेका थिए।