काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीका एक नेताका अनुसार, उनले पार्टीका हित विपरीत गतिविधि गरेको पाइएपछि अध्यक्ष लिङ्देनले प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् ।
स्रोतले बतायो-‘निरन्तर पार्टी हितविपरीत गतिविधिमा क्रियाशील भइरहेको, पार्टी र नेतृत्वको बारेमा भ्रमपूर्ण समाचार आइरहेको स्रोत उनी नै पुष्टि भएपछि उहाँलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो।’