काठमाडौँ । राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश पनुर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाएको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका हुन् ।