
चैत्र १५,धर्मचक्र प्रवर्तन गर्नुहुने शाक्यमुनि बुद्धलाई प्रत्यक्ष भेट्ने अवसर यस जीवनमा हामीलाई मिलेन। तर हाम्रा गुरुहरू जसलाई हामीले भेटेका छौं र देखेका छौं, उहाँहरूको करुणा र कृपाले गर्दा हामी अझै पनि बोधिलाभ गर्न सक्छौं। यो दृष्टिले हेर्दा हामीले प्रत्यक्ष रूपमा भेट्न नपाएका यस कल्पका हजार बुद्धहरूभन्दा हाम्रो व्यक्तिगत गुरुहरू अझ दयालु र कृपालु हुनुहुन्छ।
— सोइङ् द पाथ अफ लिबरेसन, पृष्ठ ५० बाट







