गीत
चुलबुले मन !
सीता भण्डारी कँडेल
रात गयो दिन पनि गयो
हप्ता, महिना, बर्षौँ पो भैगयो
गन्दागन्दै ढल्क्यो जीवन
अझै पनि बालापन सम्झेर
चुलबुल चुलबुल गर्छ यो मन !
चिल्लो छाला, रसिलो मुहार
शक्तिशाली लाग्दथ्यो संसार
हेर्दा–हेर्दै ढल्क्यो जीवन
अझै पनि जवानी सम्झेर
चुलबुल चुलबुल गर्छ यो मन !
बुढ्यौलीले तान्दैछ डोरी
मृत्युसंगै खेल्ने हो जुहारी
हेर्दाहेर्दै ढल्क्यो जीवन
अझै पनि अभिमान गरेर
चुलबुल चुलबुल गर्छ यो मन !
गुल्मी,हाल : काठमाडौं