गीत
नवशिला
फूलले मलाई घोच्यो सानु शीतले मलाई पोल्यो
धोका दियौ तिम्रो झुटो प्रीतले मलाई पोल्यो।
लाई साथ दिन्छु भनी वाचा कसम खा’को
तामा तुलसी छोई हामीले माया प्रिति ला’को
देउरालीमा गाएको त्यो गीतले मलाई पोल्यो
धोका दियौ तिम्रो झुटो प्रीतले मलाई पोल्यो।
जातपात केही होइन भन्थेउ विभेद गर्यो मलाई
आगो लायौ चोखो प्रेममा कोरी तिमीले सलाई
यही समाजको नीति नियम रितले मलाई पोल्यो
धोका दियौ तिम्रो झुटो प्रीतले मलाई पोल्यो।
धोका दिन्न तिमीलाई कहिल्यै भर बन्छु भन्थेउ
हाम्रो प्रेमलाई अमर राख्ने घर बन्छु भन्थेउ
म त हरदम हारेँ तिम्रो जितले मलाई पोल्यो
धोका दियौ तिम्रो झुटो प्रीतले मलाई पोल्यो।
बेलबारी -२, नवदेव मार्ग लालभित्ती, मोरङ ।