
काठमाडौं । प्रा. डा. अजय रिसालको नवीनतम कृति ‘मनका कथा’ लोकार्पण गरिएको छ । एक कार्यक्रमबीच भाषाविद् बलदेव अधिकारी ‘गाउँले’लगायत साहित्यकारले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
डा. रिसालको पुस्तकमा मानसिक स्वास्थ्य प्रतिकूल पार्नमा खास भूमिका निर्वाह गर्ने केही प्रतिनिधि समस्या उल्लेख गरिएको छ । पुस्तकमा २९ शीर्षकमा नेपाली मनका मौलिक कथाव्यथा समेटिएको छ ।
भाषाविद् गाउँलेले किताब सम्पूर्ण घरका निम्ति उपयोगी र प्रत्येक अभिभावकले पढ्नुपर्ने रहेको बताए ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उपचार गर्नुभन्दा पहिला नै सजग हुन किताब उपयोगी रहेको डा. अनन्त अधिकारीले उल्लेख गरे ।
कार्यक्रममा प्रा. डा. नन्दिता शर्मा, प्रा. डा. शर्मालगायत व्यक्तिहरूले बोलेका थिए ।

