
काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेका हुन् ।
‘सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति म गहिरो दुस्ख व्यक्त गर्दछु। यस दुस्खद घटनामा ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘साथै, घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
गगनले सरकारलाई नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै प्रश्न पनि गरेका छन् ।
सामाजिक सद्भावमा असर पर्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क हुनुपर्ने उनको भनाइ छ । थप भनेका छन्, ‘यस कठिन घडीमा संयमता र सदभाव महत्वपुर्ण रहन्छ। कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकुल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपील गर्दछु।’उनले आफ्नो विज्ञप्तिमा भनेका छन् ।



