
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चारदिने भारत भ्रमण सम्पन्न गरेर सोमबार स्वदेश फर्किएका छन् ।
प्रधानन्यायाधीश शर्माले आजैबाट सर्वोच्च अदालतको इजलासमा मुद्दा सुनुवाइ थालेका छन् । प्रधानन्यायाधीश डा.शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलास तय भएको छ ।
भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणामा डा.शर्मा साउन ७ गते भारत प्रस्थान गरेका थिए ।
भारत भ्रमणका क्रममा प्रधानन्यायाधीश डा.शर्माले समकक्षी सूर्य कान्तसँग दुईपक्षीय भेटवार्ता गरी न्यायिक अनुभव आदानप्रदान गरेको जनाइएको छ । भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन तथा न्यायसम्पादनसम्बन्धी जानकारी समेत लिएका थिए ।


