KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता काठमाडौँमा आयोजना हुने जनाएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली र च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर्सको लागि छनोट हुनेछन् ।


