
कविता
प्रतिबिम्ब
पुरुशोत्तम सापकोटा
छैन त्यो रुप,
छैन त्यो मादकता,
सबै सबै नस्ट गरेउ तिमीले।
छैनन् आज,
चोली मा तुनाहरु
बैसाखे मुनाहरु
सर्बाङ नाङ्गो छ,तन मन।
देखिन्छन् टाढैबाट
तिम्रा हातका, दागहरु
अनि दाँतका डोबहरु।।
बेस्यालयबाट
‘नामर्द ‘को उपाधी पाइसकेका
ओ ! कामुक बृद्धहरु हो,
अब त छोड,
द्वारपालेलाई बक्सिस दिएर
टोपी मिलाउदै बाहिर निस्कन्।।
आज तिम्रा
नाजायज सन्तानहरु,
तिम्रै पथ अबरोध गर्दैछ्न !
अझैपनि किन चुहिन्छ?
तिम्रो ओठमा र्याल
बिधवालाई देखेर !








