
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ (अक्टोबर १२) मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् ।बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।
नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।


