
काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा बढ्दो आवास संकटविरुद्ध भइरहेका ठूलो जनप्रदर्शनको दबाबबीच आकस्मिक निर्वाचन घोषणा गरेका छन्।
सान्चेजले आफ्नो आधिकारिक निवास म्याड्रिडस्थित मोन्क्लोआ दरबारबाट राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै संसद् विघटन गरी आगामी नोभेम्बर २९ का लागि आकस्मिक निर्वाचन घोषणा गरेका हुन्।
सान्चेजले भने ,‘अब स्पेनी जनताले आफू र आफ्नो देशका लागि कस्तो भविष्य चाहन्छन् भन्ने निर्णय गर्ने समय आएको छ,’ ।
स्पेनको आवास संकटलाई लिएर बढिरहेको जनदबाब कम गर्ने उद्देश्यले सरकारले ल्याएका आवाससम्बन्धी दुईवटा शाही अध्यादेशलाई संसद्को समर्थन जुटाउन नसकेको ७२ घण्टा नबित्दै सान्चेजले निर्वाचन घोषणा गरेका हुन्।
सान्चेजले आफ्नो सरकारले ‘गल्ती गरेको र आफूहरूले गर्न तय गरेका सबै काम गर्न नसकेको’ स्वीकार गरेका छन्।
