
काठमाडौँ । चार वर्षपछि कतारमा भेट्ने वाचासहित २०औं एसियन गेम्स (एसियाड) को आइतबार समापन भएको छ ।
जापानकोआइची(नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा समापन भएको हो ।
२०३० मा हुने २१औं संस्करणको आयोजक कतारको दोहालाई झण्डा हस्तानतरण गर्दै २०औं एसियाड समापन भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया ९ओसीए० का शेख बिन जोअन बिन हमाद अल थानीले २०औं एसियाड समापन भएको घोषणा गरे ।
यसपटक पनि चीनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो । यसअघि घरमै भएको १९औं एसियाडमा २०१ स्वर्ण जितेको चीनले यसपटक १६९ स्वर्ण ८९ रजत र ८१ कांस्यसहित ३४१ पदक जितेर शीर्ष स्थानमा रह्यो ।
आयोजक जापानले यसपटक स्वर्ण संख्या बढायो । जापान ८३ स्वर्ण ८५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेर दोस्रो भयो । यस्तै दक्षिण कोरिया तेस्रो र भारत चौथो स्थानमा कायम रहे ।
दक्षिण कोरियाले ३९ स्वर्ण ६३ रजत र ६८ कास्यसहित १५० पदक जितेर तेस्रो भयो भने भारतले चौथो स्थान हात पार्दा २१ स्वर्ण २७ रजत र ३७ कास्यसहित ८५ पदक जित्यो ।
नेपाल दुई कास्य जित्दै संयुक्त रुपमा ३६औं स्थानमा रह्यो । १९औं एसियाडमा नेपाल ३३औं भएको थियो ।
सहभागी ४५ मध्ये ५ राष्ट्र र रिफ्युजी टिमले कुनै पदक जित्न सकेनन ।
भुटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर लेस्टे र यमनले कुनै पदक जित्न सकेन ।
नेपालले यसपटक एसियन गेम्समा २१ खेलमा सहभागिता जनाएको थियो । १३५ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालले जम्मा दुई कांस्य पलक मात्र जपत्न सक्यो । करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टिमले कांस्य जिते ।
महिला कबड्डी टिमले लगातार दोस्रो पटक टिम गेममा पदक जितेको हो । करातेका भने नेपालले धेरै पदक आशा गरेपनि पुरुष ८४ केजीमाथि तेन्जिङले मात्र कांस्य जिते ।
समापन समारोहमा नेपालबाट तेक्वान्दो, जुडो, कुस्ती लगायत खेलाडी मार्च पास्टमा सहभागी थिए ।
