
काठमाडौँ ।सोमवार विभिन्न चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार बिहान १० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा काठमाडौँको डल्लु स्थित संशोधन मण्डलको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संघीय सचिनवालले जनाएको छ ।
यसैगरी बिहान साढे १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बस्ने छ । उक्त बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यवहारिक समस्याहरू सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धी र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनोट गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
पौने १२ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिमा प्राप्त विधेयक सम्बन्धी समिति सचिवले जानकारी गराउने कार्यसूची छ । साथै मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । समितिले छलफलका लागि मन्त्री र सचिवलाई बोलाएको छ ।
।


