
काठमाडौँ ।लीलाध्वज थापा साहित्य प्रतिष्ठानले कथा, नियात्रा, संस्मरण, बालकथालगायत दर्जनभन्दा बढी कृति पाठकलाई दिइसकेकी साहित्यकार इल्या भट्टराईलाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा यो जानकारी गराएका हुन् । सम्मानका साथ नगद राशिसमेत प्रदान गरिने जानकारी उनले दिए ।




