
पोखरा। पोखरा महानगरपालिका वार्ड न १४ मा बसोबास गरिरहेका नेवार समुदायले आफ्नो भाषा , कला संस्कृति रीतिरिवाजको संरक्षण तथा संवर्धन गर्नकोलागि साथै नयाँ पुस्ताहरुलाई आफ्नो भाषा , कला र संस्कृति बुझ्न बुझाउनकोलागि बसेको एक भेलाले “ नेवाः खलः चाउथे ,पोखरा १४ ” नामक एक संस्था गठन गरिएको छ । सो भेलाले सर्वसम्मतरुपमा कार्यसमिति गठन गरेको छ । जस अनुसार अध्यक्षमा सुमित्रा मल्ल उदास ,उपाध्यक्षमा शर्मिला श्रेष्ठ ,सचिवमा निरज नारायण जोशी ,कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सह सचिवमा राधामाया कर्माचार्य र सदस्यहरुमा सृजना राजभण्डारी , सुशिला प्रधान , झलक नारायण श्रेष्ठ , शिवकुमार श्रेष्ठ , लुना श्रेष्ठ र लक्ष्मी ताम्राकार चयन हुनुभएको छ ।
नव निर्वाचित अध्यक्ष सुमित्रा मल्ल उदासले पोखरा महानरपालिका वडा नं १४ मा बसोबास गरिरहेका सम्पूर्ण नेवारहरुलाई समेटेर आफ्नो कला संस्कृतिलाई जोगाउने, नेवारी चाड पर्व र जात्राहरुको प्रवर्धन गर्ने प्रयास गर्ने बताउनु भयो ।
उक्त अवसरमा उपाध्यक्ष शर्मिला श्रेष्ठले आफ्नो जन्मथलो छोडेर अवसरको खोजीमा विभिन्न ठाउँहरुबाट पोखरा १४ मा बसोबास गर्नु हुने नेवारहरुलाई गोलबद्द गर्दै आफ्नो भाषा , मौलिक परम्परा तथा रीतिरिवाजहरुको संरक्षण र विकास गर्दै हाम्रो नयाँपुस्ताहरुलाई आफ्नो भाषा, संस्कृति सिक्न सिकाउन प्रेरित गर्ने उद्देश्यले संस्था गठन गरिएको बताउनु भयो । नयाँ कार्यसमितिलाई साहित्यकार दीपक समीप, नेपालभाषा पत्रीकाका प्रधान सम्पादक उदयबहादुर अमात्य र समाजसेवी बुद्दबहादुर ताम्राकार उदासले शुभकामना दिनु भएको थियो ।





