
काठमाडौँ । सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डिसरोथ, पिटर हेगेमान र जर्ज नेगललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
नोबेल समितिले उनीहरूलाई ‘प्रकाशद्वारा नियन्त्रित आयन च्यानल र अप्टोजेनेटिक्ससम्बन्धी खोज’का लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
उनीहरूको खोजले प्रकाशको प्रयोगमार्फत कोशिका, विशेषगरी स्नायु कोशिकाको गतिविधि नियन्त्रण गर्ने प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । यस प्रविधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।
अप्टोजेनेटिक्सले मस्तिष्क तथा स्नायु प्रणालीको अध्ययनमा नयाँ सम्भावना सिर्जना गरेको छ ।


