असोज १९, कहिलेकाहीँ समयको अभाव वा अन्य अनेक कारणले गर्दा तपाईंलाई लाग्न सक्छ कि धर्मअभ्यासमा धेरै बाधा–अवरोधहरू आइरहेका छन्। र, आफूले चाहेजति अभ्यास गर्न नपाएको महसुस हुन सक्छ। त्यस्तो क्षणमा निराश नहुनुहोस्। तपाईंको अभ्यासमा आएको त्यो क्षणिक व्यवधानबाट आफैलाई खिन्न हुन नदिनुहोस्। सदैव यो कुरा स्मरण राख्नुहोस् कि यस्तो गहिरो धर्मलाई श्रवण गर्नु (सुन्नु) वा त्यसको सम्पर्कमा आउनु मात्रै पनि आफैमा अत्यन्त दुर्लभ सौभाग्य हो र यो कुरा स्वतः परम कल्याणकारी हो।
—भैषज्यगुरु बुद्धको शिक्षा, पृष्ठ १७३ बाट