
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।




