चर्चामा पुस्तक
श्रद्धा
कविता विधाको लघुतम स्वरुप हो मुक्तक । विनोद न्यौपानेको मुक्तककृति भित्र जीवनजगत्,मानवका सुखदुख लगायतका दृष्टिबिन्दुमा लेखिएका मुक्तकहरु पढ्न सकिन्छ । प्रवासमा रहेका उनलाई देशमा फिंजिएका विकृति र विसंगतिले पोल्छ र कटाक्ष गर्छन् । यसका साथै प्रेम,विरह,मानवता,प्रकृति लगायतका यावत विषयमा मुक्तकहरु कोरिएका छन् ।यसमा राजनीतिमाथिको व्यँग गरिएका ४० थान,प्रेम लगायतका विषयका मुक्तकहरु १४ थान,जीवन र जगतका विषयमा १सय ९ मुक्तक तथा अन्य विषयगत विविधाका केही मुक्तकहरु यसमा परेका छन् ।
तुकान्तता भरिएका,काफियाको राम्रो प्रयोग गरिएका मुक्तकहरु सुन्दर छन् ।
श्रद्धालाई समकालीन साहित्य प्रतिष्ठान,बेलायतले प्रकाशनमा ल्याएको हो । कृतिको मूल्य रु.२२५। रहेको छ ।
झोलुङ्गे पुलमा मेरो जीवन
मुकुन्दप्रसाद उपाध्यायको अनेक भोगाइको सङ्गालो हो । उनका आफ्ना जीवनका भोगाइहरु मज्जैले खिपेर लेखेका छन् । विशेषत आफ्नो कार्यक्षेत्रको बारेमा जानकारी दिंदै कृतिले ग्रामिणक्षेत्रको विकासमा उपाध्यायको योगदान सार्वजनिक गरेको छ । झोलुङ्गे पुलमा विशेषज्ञता हासिल गरी सोही क्षेत्रमा लामो कार्य गरेका उनले यसबारे पाठकलाई महत्वपूर्ण जानकारी दिन सकेका छन् ।आफ्ना जीवनका आरोह अवरोह सहित पुलको विकासको यथेष्ठ जानकारी दिएका छन् । विभिन्न बाह्र शिर्षकृत संस्मरणमा बाल्यकालका सुन्दर पलहरु सहित कर्मक्षेत्रमा खट्दाका महत्वपूर्ण सन्दर्भ राखेका छन् । यसैगरी उनले जागीरे जीवनबाट अबकास प्राप्त गरिसकेपछिको अनुभूति पनि मज्जैले पोखेका छन् ।
राजेश खनालले सम्पादन गरेको झोलुङ्गे पुलमा मेरो जीवनको मूल्य रु.३५०। रहेको छ ।
बिसौैँ शताब्दीको अद्धितीय खेल
सिद्धान्तको आरनमा खारिएका लघुकथा कोर्छन् गोविन्द गिरी प्रेरणा । मिथकीय रुपमा स्वैरकल्पना मिसाएर सुन्दर कथा बुन्छन । यस कृतिभित्र यस्तै पचास थान लघुकथाहरु सङ्ग्रहित छन् । नेपाली समाजका राजनीतिक,सामाजिक,आर्थिक,साँस्कृतिक तथा वैयक्तिक जीवनका विचलन सहितका विभिन्न पाटाहरुले कथाका विषय पाएका छन् ।कथाहरु भिन्न विषय,विभिन्न परिवेशबाट टिपिएका छन् । यिनमा जीवनका अनेकौं आयाम छन् । विसँगति बोध छ । व्यँङ्ग्यचेत बोकेका कथा छन् ।
सरल भाषाले कथाहरु पठनीय बनेका छन् । आवरण चित्र पनि फरक शैलीको छ ।
नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको बिसौैँ शताब्दीको अद्धितीय खेल
सिद्धान्तको आरनमा खारिएका लघुकथा कोर्छन् गोविन्द गिरी प्रेरणा । मिथकीय रुपमा स्वैरकल्पना मिसाएर सुन्दर कथा बुन्छन । यस कृतिभित्र यस्तै पचास थान लघुकथाहरु सङ्ग्रहित छन् । नेपाली समाजका राजनीतिक,सामाजिक,आर्थिक,साँस्कृतिक तथा वैयक्तिक जीवनका विचलन सहितका विभिन्न पाटाहरुले कथाका विषय पाएका छन् ।कथाहरु भिन्न विषय,विभिन्न परिवेशबाट टिपिएका छन् । यिनमा जीवनका अनेकौं आयाम छन् । विसँगति बोध छ । व्यँङ्ग्यचेत बोकेका कथा छन् ।
सरल भाषाले कथाहरु पठनीय बनेका छन् । आवरण चित्र पनि फरक शैलीको छ ।
नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको बिसौैँ शताब्दीको अद्धितीय खेल,लघुकथासङ्ग्रहको मूल्य रु.२००। रहेको छ ।