
काठमाडौँ । तारर्केश्वर नगरपालिकाको आयोजनामा तारर्केश्वर कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सोमबारदेखि टिपटो स्पोटर््स हबमा सुरु भएको छ ।
प्रतियोगिताको तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा उप–प्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा अध्यक्ष राधाकृष्ण खड्गी, कबिराज बस्नेत, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, नगर खेलकुद समितिका अध्यक्ष विक्रम खड्गी, खेलकुद शाखा संयोजक गौरव बस्नेत, विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी, खेलप्रेमीलगायतको उपस्थिति रहेको थियो । पहिलो दिन समूह चरणका १६ खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।
शुक्रबारसम्म चल्ने प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको खेलकुद समितिका अध्यक्ष खड्गीले जनाएका छन् ।
सहभागी टिमहरुमा श्री काभ्रेस्थली, युरेका, मनमैजु, संस्कृति शिक्षा सदन, प्रारम्भ वल्र्ड स्कुल, ज्ञानभूमि, विद्याश्री पाठशाला, नर्थ प्वाइन्ट एकेडेमी, एन्जल्स हार्ट नेसनल स्कुल, रोजमेरी आइडल बोर्डिङ स्कुल, मानसिंह धर्म, मिलन धर्मस्थली, जितपुर, नागर्जुना, फुटुङ, श्री कालीदेवी, लालीगुराँस नेसनल एकेडेमी, सिर्जना ज्ञान सागर, सिद्धार्थ मोडेल, नेपाल राष्ट्रिय मावि, हिमरश्मि, श्री पुरानो गुहेश्वरी, कौसल, संस्कार, कुञ्चीप्वाकल, सेक्रेड हार्ट, युनाइटेड स्कोलर्स, न्यु एरा एकेडेमी, मेगा पब्लिक, टाइम्स, ग्राम सेवा र एलिगेन्ट रहेका छन् ।








