
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताहरूको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि बढाए युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ ।
यो निर्णय फिफाले यसै साताको सुरुमा सार्वजनिक गरेको प्रस्तावमाथि छलफल गर्न विहिबार बोलाइएको आकस्मिक बैठकमा यूईएफएका ५५ सदस्य संघहरूले विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका छन् ।
उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले बिहीबारको बैठकपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई आफ्ना ४१ सदस्यहरूले अस्वीकार गरेको जनाएको छ ।
कन्काकाफका सदस्य राष्ट्रहरूले पनि इन्फान्टिनोमाथिको विश्वास गुमाउँदै गएको स्रोतहरूले बीबीसीले जनाएको छ ।
युरोपेली फुटबल महासंघ (यूईएफए)ले यसअघि नै विज्ञप्तिमार्फत आफ्नो कडा विरोध स्पष्ट पारिसकेको थियो । बिहीबारको बैठकले त्यसप्रतिको असन्तुष्टिलाई अझ सशक्त रूपमा पुनः पुष्टि गरेको छ ।

