
पनौती,काभ्रे । जनमैत्री वचत तथा ऋण सहकारी संस्था लि.पनौती,काभ्रेले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको वाढीपहिरोमा परी अपुरणीय जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.१ लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग जम्मा गरेको छ ।
विपत्तिमा परी घाइते भएकाहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत साकोसले गरेको छ ।

संस्थाको गत भाद्र २३ मा बसेको सञ्चालक समितिको निर्णयमा तिज विशेष कार्यक्रम स्थगित गरी सो कार्यक्रममा खर्च हुने रकम कोषमा दाखिला गरिएको साकोसका प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले इखवर नेटलाई बताए ।

