
काठमाडौं । भारतको कुशीनगरका छ वर्षीय अल्फाज शेखले नेपालका बाढीपीडित समुदायका लागि आफ्नो वर्षभरको बचत सहयोग गरेका छन् ।
कुशीनगरका जिल्ला अधिकारीको कार्यालयका प्रतिनिधिले अल्फाजले जम्मा गरेको खुत्रुकेसहितको रकम भारतस्थित नेपाली दूतावासका अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।नेपालमा आएको हालैको बाढीबाट भएको विनाशबारे थाहा पाएपछि अल्फाजले आफूले वर्षभरि जम्मा गरेको बचत पीडितको राहतका लागि दिने निर्णय गरेका थिए । नेपाली दूतावासले बालक अल्फाजको यो सहयोगप्रति आभार व्यक्त गर्दै उनको मानवीय भावना र नेपाल–भारतका जनताबीचको मित्रता तथा सद्भावको उदाहरण भएको जनाएको छ ।




