
काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३९ कम्पनिका एक करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयर १२.४३ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ६.४४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्टको शेयर २.९७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३३ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २७ करोड २६ लाख बराबरको कारोबार भएको छ ।








