
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार राति चीन भ्रमणमा जाँदैछन् । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार उनी राति साढे ११ बजे चीन प्रस्थान गर्न लागेका हुन्।
उपसभापति शर्मा कुनै औपचारिक सरकारी वा पार्टीगत टोलीको नेतृत्व नगरी व्यक्तिगत निमन्त्रणामा चीन जान लागेका हुन्।
यस भ्रमणमा उनीसँग अरू कोही पनि सहभागी नहुने स्रोतले जानकारी दियो।
पाँच दिनको बसाइका क्रममा उनले त्यहाँका विभिन्न कार्यक्रममा सहभागिता जनाउने र केही व्यक्तिगत भेटघाटहरू गर्ने तालिका रहेको छ।

