
काठमाडौँ।भारतको बिहार, मध्य प्रदेश र गुजरात राज्यका तीनवटा विधानसभा सिटमा भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ।
जसमा सबैभन्दा बढी चासोको केन्द्र बनेको बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्।
उनले बिहारको बाँकीपुर विधानसभा सिटमा भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार २४६ भोटको फराकिलो अन्तरले पराजित गरेका हुन्।किशोरले कुल ६३ हजार ९४६ भोट प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ४४ हजार ७०० भोट मात्रै पाए।
यसका साथै, मध्य प्रदेशको दतियामा कांग्रेस र गुजरातको मन्जलपुरमा भारतीय जनता पार्टी (भाजपा) ले जित हात पारेका छन्।

