
काठमाडौं । नेदरल्यान्ड्समा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
नेपाली क्रिकेट टोली एयर इन्डियाको फ्लाइटमार्फत शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।
नेपाल श्रृंखलाका चारै खेलमा पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्स र नामिबियासँगका दुवै खेल गुमाएको थियो ।
यो नतिजासँगै नेपालको शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ । नेपाल ३२ खेलमा २४ अंकका साथ छैटौँ स्थानमा छ ।
नेपालले अब एक शृंखला खेल्न बाँकी छ । अब सबै खेल आफ्नो पक्षमा पारे पनि नेपालले अन्य टोलीको नतिजामा समेत भर पर्नु पर्नेछ ।
