
काठमाडौँ ।बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगिरलाई राष्ट्रपति चुनेको छ ।
करिब ३५ वर्षपछि बंगलादेशको २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको हो ।
सत्तारुढ बीएनपीका तर्फबाट मनोनीत उमेदवार मिर्जा फखरुल २५५ मत प्राप्त गरी राष्ट्रपति निर्वाचित भएका हुन् । उनी सत्तासीन बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् ।
उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका मुख्य विरोधीहरूमध्ये एक हुन् । सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो ।
आलमगिरले कठिन परिस्थितिमा बीएनपीको नेतृत्व सम्हाल्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई पटक–पटक गिरफ्तार पनि गरिएको थियो ।

