
काठमाडौँ। डा.धवलशमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको दर्ताका लागि निवेदन दिइएको हो । जय नेपाल पार्टीका नेता सगुन लावतीले ७९ सदस्य केन्द्रीय समितिको सूची सहित पार्टी दर्ताका लागि निवेदन दिइएको जानकारी गराए ।
लावतीले भने, ‘धवलशमशेर सभापति र अरू सबै केन्द्रीय सदस्य हुने गरी पार्टी दर्ताको निवेदन दिएका छौं ।’ चुनाव चिह्न त्रिभुज राखिएको छ ।
विधानमा ४५१ केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ ।
अभियन्ता दुर्गा प्रसाईंसँग मिलेर नयाँ दल गठन गर्ने पूर्व सहमतिबीचमै भंग भएको थियो । प्रसाईं पक्षसँग सहमति जुट्न नसकेपछि राणा पक्षले दल दर्ता गरेको हो ।

