
काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले क्रमभंग गर्ने पालो गगन थापा र रास्वपा सभापति रवि लामिछानेको भएको बताएका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनयुद्ध र शान्ति प्रक्रिया आएपछि आफूले पटकपटक क्रमभंग गरेपनि अहिले भने त्यो गर्न नसक्ने ठाउँमा पुगेको हो कि भन्ने स्वीकार गरे।
‘मैले धेरै क्रमभंग गर्थें। अब क्रमभंग गर्न मलाई अलि गाह्रो गाह्रो भएको हो कि। अब क्रमभंग गर्ने पालो गगनजीको। क्रमभंग गर्ने पालो रवि जीको,’ प्रचण्डले भने।
