
काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको घरमा खानतलासी गरेको छ । बिहीबार साँझ प्रहरीले खानतलासी गरेर उनी, उनका सहयोगीसहितका ६ सेट मोबाइल नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनको घरमा खानतलासी गरेको हो ।
उपत्यका प्रहरी कार्याय रानीपोखरीस्रोतले प्रसाईंको घरमा खानतलासी लिएको जानकारी दियो ।
गएको शुक्रबारदेखि प्रसाईं प्रहरीको निगरानी राखिएको थिए । उनलाई घरबाट निस्कन पनि दिएको थिएन ।

