
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनको खुला सत्रमा रास्वपा सभापति रवि लामिछानेले भने,मै पनि कांग्रेस हुन्थेँ होला ।
यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठालाई पुँजी मान्नेहरूलाई उनीहरूको पुँजीलाई महत्त्व दिएको भए, भौतिक पुँजी भएकाहरूलाई मात्र महत्त्व नदिएको भए, मै पनि कांग्रेस हुन्थेँ होला।
मै पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले दुर्गमको, दूरदराजको, पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबभन्दा अगाडि र सबभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए।
‘यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठालाई पुँजी मान्नेहरूलाई उनीहरूको पुँजीलाई महत्त्व दिएको भए, भौतिक पुँजी भएकाहरूलाई मात्र महत्त्व नदिएको भए, मै पनि कांग्रेस हुन्थेँ होला।’
‘मै पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले दुर्गमको, दूरदराजको, पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबभन्दा अगाडि र सबभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए। मै पनि कांग्रेस हुन्थेँ होला। आज ५० वर्षको सभापति पाउँदा गर्वको महसुस गरिरहनुभएको छ। ४० सै वर्षमा सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि कांग्रेस हुन्थेँ होला’।
उनले मुलुकको जिम्मेवारी सबै मिलेर अघि बढुन पर्नेमा जोड दिए ।
मधेशप्रति लक्षित गर्दै उनले भने, ‘मेरो अगाडि तराई–मधेस हल भन्ने दृश्य देखिएको छ। म धेरै तराई–मधेसका प्रतिनिधि साथीहरूलाई पनि यहाँ देखिरहेको छु। अधिकारको कुरा पनि धेरै चल्छ। यहाँ पनि चल्यो। पहिचानको, अधिकारको धेरै कुरा चल्यो। भाषण, नारा, कागज, घोषणापत्रमा कति आए त्यसको गन्ती छैन।’
उनले लोकतन्त्रमा खतरा नभएको र भएपनि जनताले जोगाउने बताए ।
