
गजल
शशीश्री आचार्य
तिमीलाई हेर्न दिनरात आँखाले पुकार गर्छ
तिम्रो रूप सम्झेर मुटुभित्र उज्यालो सार गर्छ
बिर्सन खोज्दा तिमीलाई, सम्हालिएन मन
तिम्रै झझल्कोले हरेक साससँग प्यार गर्छ।
सपनीमा तिमी आउने भरोसा गरौँ कि!
तिमी आउने मनले ढोकामा वार गर्छ।
कसरी भनौँ तिम्रो यादले म मरे जस्तो छु
हर धड्कन तिमी बिना बाँच्न इन्कार गर्छ
तिमी नभए शून्य लाग्छ धर्ती आकाश
वरपर जताततै तिम्रै प्रेमले झंकार गर्छ
भेट हुन्छ कि ! कतै भनी, लेखिरहन्छु कविता रातदिन
कुन हरफ तिमीले पढ्छौ ? यो मनले इन्तजार गर्छ
बौद्ध कुमारीगाल काठमाडौं







