
असोज २९,यदि तपाईं उमेरले वृद्ध हुनुहुन्छ भने तपाईंले जीवनमा निश्चय नै अनेकौँ उतारचढाव (सुख-दुःख) अनुभव गरिसक्नुभएको छ र युवापुस्तासँग बाँड्नका लागि तपाईंसँग निकै अनुभवहरू छन्। तपाईं उनीहरूलाई आफ्ना सफलता र विफलताहरूको बारेमा बताउन सक्नुहुन्छ, र उपलब्धि र चुनौतीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ भनेर सल्लाह दिन सक्नुहुन्छ। उनीहरूलाई सम्झाउनुहोस् कि सफलताको क्षणमा ईर्ष्या र अहंकारमा नफसून्, र विफलतामा निराश भई जीवनप्रति हार नमानून्। युवाहरूलाई आफ्नै विवेकले सोच्न प्रोत्साहित गर्नुहोस्। वृद्ध व्यक्ति भएको नाताले आफ्ना अमूल्य अनुभवहरू बाँड्नु तपाईंको कर्तव्य हो। उनीहरूले त्यसलाई मनमा राखून् वा नराखून्, यदि तपाईंको अभिप्राय शुद्ध र पुण्यप्रेरित छ भने आफ्ना सन्तान वा अन्य युवाहरूलाई ती अनुभवहरू बाँड्नैपर्छ। यसरी मार्गदर्शन प्रदान गर्नुलाई आफ्नो धर्म–कर्तव्यको रूपमा लिनुहोस्।
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ १० बाट








