
काठमाडौँ । नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को आवासीय बैठक शनिबारदेखि काभ्रेमा बसेको छ।
काभ्रेको पनौती,बल्थली स्थित एक रिसोर्टमा बसेको बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा र कार्यदलका सदस्यसचिव एवं पार्टी महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भइरहेको छ।
शुक्रबार बसेको कार्यदलको बैठकमा संयोजक थापाले छुट्टै प्रतिवेदन ल्याएपछि थप छलफल गर्नुपर्ने निष्कर्षमा कार्यदल पुगेको हो।
कार्यदल संयोजक थापाले अध्यक्षलाई हटाउने गरी प्रतिवेदन ल्याएको भन्दै आक्रोश पोखेका थिए।
जबाफमा उपाध्यक्ष एवं कार्यदलका सदस्य विष्णु पौडेलले पहिला एमाले बुझेर अनि एमाले भएर आउन सुझाव दिएको स्रोतको दाबी छ।

