
काठमाडौँ । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
आर्सनलले शनिबार १० खेलाडीमा समेटिएको सन्डरल्यान्डविरुद्ध २–० को सहज जित निकालेको हो ।
लाइट रंगशालामा पाहुना टोली आर्सनललाई जित दिलाउन ब्रुनो गुइमारेस र बुकायो साकाले एक–एक गोल गरे ।
खेलको ५६औँ मिनेटमा एन्जो ले फे पेनाल्टीमा चुक्दा सन्डरल्यान्डले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहारलाई आर्सनलका गोलकिपर डेविड रायाले बिफल पारे ।
त्यसको दुई मिनेटपछि नै गुइमारेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
इन्जुरी टाइममा डिफेन्डर रेइनिल्डो मान्डाभाले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि सन्डरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । इन्जुरी टाइममै साकाले पेनाल्टीमार्फत आर्सनलाका लागि दोस्रो गोल गरे ।
जितसँगै चार खेलबाट १२ अंक जोडेको आर्सनल शीर्षस्थानमा छ । पराजित सन्डरल्यान्ड समान खेलबाट चार अंकका साथ १४औँ स्थानमा छ ।


