
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ ।
रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ) नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ ।
रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ ।
कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ ।
कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ ।
रसुवा र तातापानी नाकाको विकल्पमा कोरला नाका प्रयोग हुनथालेपछि कोरला सडकमा २४ सैँ घण्टा मालवाहक कन्टेनरहरु गुडिरहेका छन् ।
