
काठमाडौँ । भारतले रसुवाको बेत्रावतीमा निर्माण गरिने ७० मिटर लामो बेलिब्रिजका निर्माण सामग्री हस्तान्तरण गरेको छ।
भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार बेलिब्रिज निर्माणका भारतबाट ल्याइएको पाटपुर्जाहरूको पहिलो खेप सडक डिभिजनलाई हस्तान्तरण गरिएको हो।
मकवानपुर–१ का सांसद प्रकाश गौतम र हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामा, जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको उपस्थितिमा शनिबार हेटौँडामा बेलिब्रिज निर्माण सामग्री हस्तान्तरण गरिएको हो।
बेत्रावती निर्माण गरिने बेलिब्रिजले भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित बनेको बेत्रावती क्षेत्रको आवतजावत पुनः सुचारु गर्न मद्दत पुर्याउने छ।
