
भोटेकोशी बाढीले क्षति ग्रस्त बनेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा सात जनाको शव फेला परेको छ ।
सुरुङ तथा हेडवक्समा बेवत्ताहरुको खोजि गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जनाएको हो ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाकारी बाढी पछि २१६ मेगावटको माथिल्लो त्रिशूली–१ मा धेरै मानिसहरु बेपत्ता छन् ।
बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए । ती मध्ये हालसम्म ८ सय ७८ जनाको मात्रै उद्धार भएको छ।
