
काठमाडौँ । इन्डोनेसियामा २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ।
जाभा सागरमा जहाजसँग सम्पर्क टुटेको हो।
भर्जो ट्रान्सपोर्ट ८ नामको यो जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो।
अधिकारीहरूले खोजी अभियान सुरु गरेका छन्।



