
विचार
कानुन र संविधानलाई चिरेर बनेको सरकार
सुरेशकुमार पाण्डे
यो देशु देशका जनताकै हो र हुनुपर्छ ।देशको संविधान पनि देशका जनताले नै बनाएका थिए।संविधान बनाउन यो देशका जनतालाई करिव सात दशक लग्यो। बलिदानी पूर्ण अथक र लामो शङ्घर्ष पछि मात्र देशले संविधान पाएको हो।
२००७ सालको राणा साशनको अन्तपछि बिभिन्न समयमा भएका जनविद्रोह नागरिकको बलिदानीपूर्ण शंघर्ष पछि आरोह अवरोहको भूमरीमा २०४६सालको ऐतिहासिक जनआन्दोलन र त्यसबाट भएको जनतासङ्गको धोखाबाट सिको गर्दै वि.स.२०६२/६३को १९दिने ऐतिहासिक जनआन्दोलनबाट बल्ल बल्ल संविधानसभाको चुनाव पछि देश र जनताले पाएको ऐतिहासक गणतान्त्रिक व्यवस्था हो।
कुनैपनि व्यवस्थाभित्र नराम्रा व्यक्तिहरू घुसेका हुन्छन् । उनिहरूले मौकामा देश र जनताको शोषण गर्दछन्।त्यही प्रकारले गणतन्त्र भित्रका नेताहरूले जनतासङ्ग गर्दै आएको वेइमानी गद्धारीले गर्दा व्यवस्था बदनाम हुन पुग्यो। विगतको १८वर्षसम्म नेताहरूले गरेको जनतासङ्ग धोखाले नै अहिले जन आक्रोश चुलिएको हो।अति भयो भने खती हुन्छ भन्नेबारे नया पिंढीले प्रष्टाएको छ।
यद्यपि गणतन्त्रभित्र संसदमा सबै देश र जनताका दुश्मन् थिएनन् कयौं राष्ट्रियता र गणतन्त्रको हितमा जनताको आवाज उठाउने देशभक्तहरू पनि संसदभित्र थिए।
तर अहिलेको पुस्ताले सबैलाई एउटै घानमा हाल्न पुग्यो यो व्यवहार उनीहरूको अपरिपक्क राजनैतिक बिचारको प्रमाण हो।आवेगमा आएर उनीहरूले गरेको यो गम्भिर ऐतिहासिक गल्ती पनि हो। सबैलाई सेनाको घेरामा राखेर नजरबन्द गराएर असंवैधानिक तवरले बन्दुकको घेराभित्र राखेका राष्ट्र प्रमुख सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले अन्तिम समयसम्म अबान लिएका थिए। तर पछि संसद बिघठन गर्न पुगे । त्यसबारेमा पनि देशलाई सबक मिलेकै छ।उनले गरेको संसद बिघठन पछि अब जनप्रतिनिधि संसदभित्र रहेनन्। अब जेन जीहरूको माग अनुसार ७३वर्षिय पूर्व प्रधान न्यायधीश शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भएको छ।देशको संविधानलाई थाती राखेर २०६२/६३को ऐतिहासिक जनआन्दोलनको मर्म बिपरित गणतान्त्रिक नेपालको घांटी शेरेर बनेको यो अन्तरिम सरकार इतिहासमा कलङ्कको रूपमा भावी पुस्ताले बुझ्ने छ।इतिहास अमर रहन्छ मेटिदैन ।
हामीले संसदको पूर्नबहाली गर्नुपर्छ भन्ने माग सहित जे एनजी पुस्तालाई भविश्यमा देशलाई यस्तो प्रकारको गैर सम्वैधानिक डगर समात्नबाट रोक्न पनि आग्रह गर्दछौं।पहिले संसदको पूर्नबहाली हुनुपर्छ।संविधानको अध्ययन गरेर त्यसभित्र भएका कमजोरीहरु जस्तै गर्ने व्यवहारले देशलाई अराजक घुम्तिमा पुराउने छ।अब के गर्ने भन्ने बारेमा पनि यो पुस्तालाई जानकारी हुनुपर्छ।देशलाई आत्मनिर्भर गराउने हो भने संविधानमा रहेको सङ्घीय प्रणाली अबिलम्वन खारेर गरेर प्रदेशमा हुने अनावश्याक खर्चबाट देशको विकासमा लगाउने योजना हुनुपर्छ।
अहिले प्रहरी सहित ५५जनाको रगत र सयौं घायल साथै हजारौं लाखौं जनाको रूवाबासीमा र उनीहरूको हृदयबिदारक रोदनमा बनेको सरकारले देशलाई कता डोराउने छ त्यो आगामी दिनमा प्रष्ट हुंने छ।
कानुनी रूपमा पनि सर्वोच्चको न्यायधीश कुनैपनि सरकारी पदमा नियुक्ति हुन नमिल्ने नियम छ। भन्नु पर्दा प्रधानमन्त्री शुसिला कार्की संविधानलाई मिचेर गैर कानुनी रूपबाट प्रधानमन्त्रीको कुर्चिमा आशिन हुनुभएको छ। उहां लामू समयसम्म कानुनको रक्षकको रूपमा रहेको व्यक्तित्वलाई हामिलेनै याद दिलाउनु नपर्ने हो ।अहिलेको भिषण परिस्थितिमा प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्नथालेपछि हामिले देशको संविधानलाई जीवित मान्ने की मृत मान्ने यसबारे पनि सर्वसाधारणमा अन्योलता र दोधारमा पारेको छ।
यद्यपि नयाँ पुस्ताका जेन जीहरूको माग र जनताको समर्थनले उनलाई यो जिम्मा दिएको छ।तर पनि उनीआफैं न्यायाधीसमा छंदापनि आफैले यसबारे गरेका फैसलाहरू अहिले फाइल बनेर उहाँलाई नै ट्वाल परेर हेरिरहेका हुनसक्छन्।अब बनेको अन्तरिम सरकारले अन्तरिम सम्विधान् पनि जारी गर्नुपर्ने होकी ?
चुनाव त त्यसपछि बल्ल त्यही संविधानको मैन्डैट अनुसार नै घोषणा हुनसक्छ।यदि यही संविधान भित्र रहने हो भने आउने दिनहरूमा सरकारले सर्वोच्च धाउने बाहेक अर्को काम हुनसक्ला जस्तो मलाई लाग्दैन।
यद्यपि अहिले बनेको सरकारलाई एक प्रकारको चुनौती नै छ।आन्दोलनको द्वौरानमा भएका जन धन भौतिक संरचनाहरुको क्षति, तिनको छानविन र निर्माणमा पनि अहिलेको सरकारलाई चुनौतीको रूपमा स्वागत गरेका छन्।साथै राष्ट्रिय र अन्तरराष्ट्रिय सम्बन्धमा पनि सुधार एउटा चुनौती छंदै छ।त्यसपछि बल्ल कतै विकासका कुराहरू हुनेछन्। युवाहरूको लागि रोजगारका कुराहरू छन्।
देश विकास गर्ने मनसाय भए सबै खाले चुनौतीको सामना गरेर देशमा सुसाशन ल्याउन सकिन्छ।विदेशीको हस्तक्षेपको विरोधमा पनि उत्तिकै चनाखो हुनुपर्ने छ।
भ्रष्टाचारको बिरूद्ध गर्न जनताले दिएको जिम्मा नभुल्न पनि हामीले अनुरोध गर्दछौं।किनकी आँगनमा कसिङ्गरहरू आउन छाड्दैनन्।संसद फोहोर मुक्त गर्नलाई निरन्तर बढार्नुपर्ने छ।विगतमा बढी फोहोर भएको अहिलेको नतिजा हो भन्नेबारे भुल्नु हुदैन।
(प्रस्तुत लेख लेखकको नीजि विचार हो । )








